दफा २२
संस्थानको खाता बही र अन्य श्रेस्ता निरीक्षण
कुनै मुद्दा मामिला वा अन्य कुनै कानुनी कारवाईको सिलसिलामा कुनै अदालत वा अधिकारीले संस्थानको काम नरोकिने गरी संस्थानको खाता बही वा अन्य कुनै श्रेस्ताको निरीक्षण गर्न सक्नेछ र त्यस्तो खाता बही वा श्रेस्ता त्यस्ता अदालत वा अधिकारी छेउ प्रस्तुत गर्नु संस्थान तथा संस्थानका सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ ।